सामाजिक सञ्जाल मार्फत अफवाह फैलाउने पक्राउ

सुर्खेत, वैशाख ३ । सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा लेकबेसी नगरपालिका वडा नं. १ लेकफर्सास्थित आफ्नै ससुराली घरमा बस्दै आएका दैलेख नौमुले नगरपालिका-३ घर भएका २१ वर्षीय प्रेम बिकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

बिकले आफ्नो फेसबुक स्टाटसमा सुर्खेतमा १ जना कोरोना संक्रमित ब्यक्ति देखिएको भनि तथ्यहीन र भ्रामक प्रचार गरी अफवाह फैलाई जनमानसमा डर त्रास फैलाउने काम गरेको पाइएपश्चात ईलाका प्रहरी कार्यालय लेकबेसीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।