क्रान्तिकारी माओवादीलेका नेता कार्यकर्ताहरुले प्रहरी हिरासतभित्रै भारतीय विस्तारवादका विरुद्ध चर्को नाराबाजी गर्दै

काठमाडौं,बैशाख ३१ । लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत भारतीय शासक वर्गले अतिक्रमण गरेको नेपाली भूमि फिर्ताको माग राखेर आन्दोलित हुँदै आएको नेकपा (क्रान्तिकारी माओवादी)को ३ नं. प्रदेश र पार्टी सम्बद्ध जबस मोर्चाको संयुक्त आयोजनामा बुधबार गरिएको शान्तिपूर्ण प्रदर्शनमा केपी ओली नेतृत्वको सरकारको प्रहरी प्रशासनले हस्तक्षेप ग¥यो।

 

माइतीघर मण्डलामा गरिएको प्रदर्शनमा हस्तक्षेप गरी पार्टीका चार जना पीवीएम, ६ जना केन्द्रीय सदस्य र जबस मोर्चाका नेता कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार ग¥यो । करिब पाँच दर्जन नेता कार्यकर्तालाई गिरफ्तार गरिएपछि पार्टीले वक्तव्य जारी गरी ओली सरकारको यो कदमको कडा शब्दमा विरोध एवम् भत्र्सना गरेको छ ।

 

पार्टी महासचिव मोहन वैद्य‘किरण’ले जारी गरेको वक्तव्यमा शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरेर ओली सरकारले भारतीय विस्तारवादप्रति भक्तिभाव देखाएको भन्दै गिरफ्तार नेता कार्यकर्तालाई अविलम्ब रिहाईको माग गरेको छ ।

भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लवमा राखिएका गिरफ्तार नेता कार्यकर्ताहरुले भारतीय विस्तारवाद र नेपालको दलाल ओली सरकारका विरुद्ध हिरासतभित्रै चर्को नाराबाजी समेत गरेका छन् ।

गिफ्तार पर्नेहरुमा पार्टीका पीविएम सीताराम तामाङ, पवनमान श्रेष्ठ, नगेन्द्र राई र सुरेश श्रेष्ठ रहेका छन् भने केन्द्रीय सदस्य तथा नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारी, पार्टी केस तथा ट्रेड युनियन महासङ्घका अध्यक्ष ईश्वर तिमिल्सिना, पार्टी केस तथा महासंघका महासचिव वसन्त वोगटी, पार्टी केस तथा अनेरास्ववीयु (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, पार्टी केस तथा क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन, पार्टी केस तथा अनेमसंघ (क्रान्तिकारी) की महासचिव महासचिव शारदा महत, पार्टी केस गोविन्द पौडेल, कुमार बोगटी रहेका छन्।


त्यसैगरी गिरफ्तार पर्ने अन्य नेता कार्यकर्ताहरुमा पार्टीका काठमाडौं सेक्रेटरी खगेन्द्र छन्त्याल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल काठमाडौंका अध्यक्ष बन्धुदेव पाण्डे, मोर्चाकी ललितपुर अध्यक्ष इन्दिरा अधिकारी, अखिल (क्रान्तिकारी)का पूर्व उपाध्यक्ष विष्णु नेम्वाङ, महासचिव पेशल दाहाल, विद्यार्थी नेताहरु संघर्ष दाहाल, हिक्मत महरा, महिला नेतृ रुपा गेलाल, नेवाः मोर्चाका नेताहरु गोर्की श्रेष्ठ, शिव श्रेष्ठ, मजदुर नेताहरु नरेन्द्र कार्की, दिनेश बर्तौला, बालकुमार सुनुवार, बालकृष्ण सिटौला, दिनेश थापा, निरन तुलाधर, शेखर आचर्य, धुर्व क्षेत्री, कपिल पुन, मंगल तामङ, पवन गुरुङ, भुवन थापा, यज्ञ बहादुर थापा, सरोज लामा लगायत रहेका छन् ।

कार्यक्रममा हस्तक्षेप गरी गरिएको गिरफ्तारीको क्रममा र गिरफ्तारपछि महेन्द्र पुलिस क्लवभित्रबाट प्राप्त फोटाहरुलाई यहाँ फोटो फिचरको रुपमा प्रस्तुत गरिएको छ ।