नेपालमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,संक्रमित संख्या ३७५ पुग्यो


सुर्खेत,जेेेठ ५ । आज सोमबार राति थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितमा बाँकेका १२ जना, धनुषाका २ जना, खोटाङ, सुनसरी, झापा र दैलेखका एक-एक जना छन्।

 

दैलेखका एक पुरुषमा पनि संक्रमण पुष्टि भएसँगै कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण देखिएको । यसअघि प्रदेशभर एउटा पनि संक्रमण फेला परेको थिएन ।

 

योसँगै संक्रमितको संख्या ३ सय ७५ पुगेको छ ।