कोरोनाको औषधी बंगलादेशी डाक्टरले पत्तालगाए ४ दिनमा नै बिरामी ठिक गर्ने: औषधीलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने तयारी

करिब साडे ४ महिनादेखि विश्वभर महामारीको रुपमा फैलीइरहेको कोरोना संक्रमणका कारण संसार नै आजित बनिरहेका बेला विभिन्न देशका चिकित्सकहरुले यो रोगको औषधी पत्ता लगाएको दाबी गरेका छन् ।

 

अमेरिका विभिन्न कम्पनी र बैज्ञानिकहरुले यो रोगको औषधी पत्ता लगाइसकेको दाबी बंगलादेशी डाक्टरहरुको एक टिमले कोरोनाभाइरसको औषधी बनाएको दावी गरेका छन् ।

 

बंगलादेश मेडिकल कलेज हस्पिटलमा मेडिसिन डिपार्टमेन्टका हेड प्रोफेसर मोहम्मद तारिक आलमका अनुसार ६० प्रतिशत बिरामीमा यो औषधीको प्रयोग गरिएको र औषधीको एन्टिडोट दिएपछि सबै बिरामी निको भएको समेत चिकित्सकले दाबी गरेका छन् ।

 

प्रोफेसर तारिकको टिमले अहोरात्र खटेर जनावरहरुमा परजीवि किराहरु मार्न प्रयोग हुने औषधी आइभरमेक्टिनको सिंगल डोजको साथमा एन्टिबायोटिक डोक्सिसाइक्लिनलाई मिलाएर एन्टिडोट तयार गरेको जनाएको छ ।

 

यो औषधी प्रयोग गरिएका धेरैजसो बिरामीहरु सास फेर्न समस्या भएका थिए र उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो। जुन औषधीले कोरोनाका बिरामी ४ दिनमै निको भएको समेत दाबी गरिएको छ ।

 

सरकारसँग सम्पर्क गरेर यसलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने प्रयास गरिरहेको प्रोफेसर मोहम्मद तारिकले औषधी निकै प्रभावकारी भएको दावी गर्दै रकारसँग सम्पर्क गरेर यसलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने प्रयास गरिरहेको बताएका छन्।

 

त्यस्तै अमेरिकाको मोडेर्ना कम्पनीले एक खोपले मानव शरीरको रोग प्रतिरोधी प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सङ्घर्ष गर्न प्रशिक्षित गर्न सक्छ भन्ने पहिलो सङ्केत प्राप्त भएको दाबी गरेको छ।

 

सुरक्षा परीक्षणमा भाग लिएका आठ जनाको शरीरमा कोरोनाभाइरसलाई निस्तेज पार्न सक्ने एन्टीबडी भेटिएको मोडेर्नाले बताएको छ। शरीरको त्यो प्रतिक्रिया कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिको शरीरमा देखिएको रोग प्रतिरोधी प्रतिक्रिया जस्तै रहेको बताइएको छ।

 

अब खोपको परीक्षण धेरै मानिसहरूमा गरेपछि मात्रै त्यो खोपको प्रतिक्रियाले कोरोनाभाइरस सङ्क्रमणबाट बचाउन सक्छ कि सक्दैन भन्ने यकिन हुनेछ।

 

अहिले विश्वभरि विभिन्न करिब ८० समूहहरू अभूतपूर्व गतिमा कोरोनाभाइरसविरुद्ध खोप विकास गर्न काम गरिरहेका छन्। एमआरएनए-१२७३ नाम दिइएको खोपको मानिसमा सुरक्षा परीक्षण गर्ने मोडेर्ना पहिलो समूह हो।

 

सो खोप कोरोनाभाइरसको वंशाणु अर्थात् जीनको सानो अंश, जेनेटिक कोडको सानो अंश भएको बताइएको छ। त्यो अंशले व्यक्तिमा सङ्क्रमण गर्न वा लक्षण देखाउन सक्दैन तर शरीरको रोग प्रतिरोधी प्रणालीलाई भने सक्रिय बनाउन सक्छ।

 

अमेरिकी सरकारको न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजले सञ्चालन गरेको सो परीक्षणमा खोपले शरीरमा कोरोनाभाइरसलाई निष्क्रिय बनाउने एन्टीबडी बनाउने देखिएको हो। तर ४५ जनामा गरिएको परीक्षणमा आठ जनाको मात्रै एन्टीबडी बने नबनेको परीक्षण गरिएको थियो।

 

बाँकीको शरीरमा भएको प्रतिक्रियाको परीक्षण गर्न बाँकी नै छ। सो परीक्षणमा सहभागीहरूलाई खोपको तीनथरी मात्रा दिइएको थियो र जसलाई उच्च मात्रामा दिइएको थियो उनीहरूमा केही ‘साइड इफेक्टहरू’ देखिएको बताइएको छ।

 

तर मोडर्नाका अनुसार थोरै मात्राको खोप दिइएका व्यक्तिहरूमा कोभिड-१९ निको भएका व्यक्तिहरूमा देखिएको जत्तिकै एन्टीबडी देखिएको हो।

 

सुरक्षा परीक्षण भनेको खोप प्रभावकारी हुन्छ कि हुँदैन भन्ने पत्ता लगाउन भन्दा पनि खोप मानिसका लागि सुरक्षित हुन्छ कि हुँदैन भन्ने अध्ययन हो। मुसामा गरिएको परीक्षणमा भने यो खोपले फोक्सोमा भाइरस बढ्न रोकिने देखिएको छ।मोडेर्नाले खोपको दोस्रो चरणको परीक्षण जुलाईमा सुरु गर्ने अपेक्षा गरेको छ।एजेन्सी