आज मिति २०७७ साल जेठ ९ गते शुक्रबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष –आज स्वादाइष्ट भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवनपनि सफल रहनेछ ।

 

मिथुन – आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला ।

 

सिंह – बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । विदेशमा रहेका आफन्त संग कुराकानी हुनेछ ।

 

तुला – आज आफन्त र मित्रवर्गको सहयोग पाइनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ ।

 

धनु- आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ ।

 

कुम्भ-समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी छलफल हुनेछ ।

 

वृष -स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम विगार्नेको सक्रिय रहनसक्छन् र नियमित खर्चसमेत बढ्नेछ ।

 

कर्कट –आज रोकिएका अधुरा कामहररू पुरा हुन सक्छ । मनमा हर्ष, उमङ्ग र उत्साहा छाउनेछ । शिक्षामा सफलता पाईनेछ ।

 

कन्या – आज सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । शिक्षामा अवरोध आउनेछ ।

 

वृश्चिक – आफन्तबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । नयाँ कार्यको योजना बन्नेछ र शुभ कार्यको चर्चापनि हुनेछ ।

 

मकर -भोआफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

 

मीन- प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । संगीत र साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । । शिक्षापनि राम्रै हुनेछ । – ज्यो.प.नारायणप्रसाद दुलाल