मुगु जिल्लामा भारतबाट आउनेको संख्या ६ सय ९३ पुग्यो

   

मुगु,जेठ २६। मुगु जिल्ला भर भारतबाट आउनेको संख्या ६ सय ९३ को पुगेछ । भारतका विभिन्न स्थानबाट लकडाउनको अबधिमा चैत्र ११ गते देखि जिल्ला भित्रिनेको संख्या ६९३ पुगेको हो । भारतबाट आएकाहरूकाे स्थानीयतहमा अहिले सम्म भएकाे डाटा यस्ताे रहेकाे छ, छायानाथ रारा नगरपालिकामा ५१ जना, खत्याड गाउँपालिकामा ४ सय ३५ जना र सोरु गाउँपालिकामा २ सय ७ जना गरि ६ सय ९३ जना नागरिक मुगु जिल्ला भित्रीएको जिल्ला प्रशासन कार्यलयका सुचना अधिकारिले बताउनु भयो ।

 

मुगु जिल्लामा चार ओटा स्थानीयतह मध्य अहिले सम्म मुगमकार्मरङ गाउँपालिकामा भने भारतबाट आउने काेही पनि नागरिक नरहेको कार्मरुङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले बताएका छन्।

 

अन्य तीन पालीकाले भने भारतबाट आएका र उदार गरि ल्याएका नागरीकलाइ आ-आफ्नो पालीकाले निर्माण गरेका क्वारेन्टाइनमा राखिएका छन् । अहिले सबै पालिकाहरुले निर्माण गरेका क्वारेन्टाइनमा ६ सय १९ जना रहेका छन् ।

 

मुगु जिल्लामा ४ ओटा पालिकाले ४०२ जनाको  (आरडिटी) गरीएको छ भने ४ सय ५ जनालाइ (पिसिआर) गरिएको छ ।यी मध्य खत्याड गाउँपालिकाका एक २७ बर्षीय पुरुषमा कोरोना पोजेटिभ बाहेक अन्य सबैलाइ नेगेटिभ देखिएको थियो ।

 

संक्रमित व्यक्तिलाइ रातापानी को आइसुलेसनमा राखिएको खत्याड गाउपालिका अध्यक्ष उब्जन बहादुर शाहीले बताउनु भयो । उहाँका अनुसार संक्रमित व्यक्तिकाे अवस्था सामान्य रहेको उनले बताएका छन् ।