जर्ज फ्लोडको पाशविक हत्या : विश्वमानवजातिकै सभ्यतामाथि चुनौती

 गत मई २५  , २०२० का दिन संयुक्त राज्य अमेरिकाकाे शहरमा एक जना अश्वेत जातिका जर्ज फ्लोडको प्रहरी हिरासतमा कालो जाति भएकै कारण अत्यन्तै अमानवीय , क्रुरुर र गैर न्यायिक हत्याको अमेरिकभर ,युरोप , अष्ट्रेलिया विश्वका कैयन देशहरूमा फासिस्टम तथा तानाशाही अमेरिकी सरकारका विरुद्ध लाखौं जनताहरु सडक आन्दोलनमा उत्रिएका छन् ।

 
 त्यस न्यायपूर्ण  जनआन्दोलनका क्रममा सडकमा  उत्रिएका जनतामाथि फासिस्ट अमेरिकी सरकारले भीषण दमन गरिरहेको छ ।
विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको हाम्रो  छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र ( International Writers And Journalists Centre ) ले काला जाति भएकै कारण गोरा जातिको बाहुल्यता रहेको फासिस्ट अमेरिकी सरकारद्ववारा गरिएको जर्ज फ्लोडको गैर न्यायिक , अमानवीय र क्रुरुर हत्याकाण्डको घोर विरोध र भ्रत्सहाना गर्दछ र राजनीतिक रुपले समस्या समाधान गर्न र सबै  जातिहरुलाई सम्मान गर्न आग्रह गर्दछ ।
 
 र , संयुक्त राज्य अमेरिका , युरोप , अष्ट्रेलिया लगायत विश्वका विभिन्न देशहरूमा उत्पीडित अश्वयत जनताले चलाउदै आएको न्यायपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता जारेर गर्दछ ।
 
साथै  हाम्रो संगठन अलेप्र केन्द्र आजको २१आौ शताब्दीको नयाँ युगमा जातीय विभेदको आधारमा अश्वेत नागरिक जर्ज फ्लोडको मानवता विरोधी , गैर न्यायिक र क्रुरुर हत्याले विश्व मानव सभ्यतामाथिकै चुनौती भएको ठहर गर्दछ ।  धन्यवाद ।
                     
   जुन ८ , २०२०                     ( हस्तबहादुर केसी )
                                                     अध्यक्ष 
                अन्तर्राष्ट्रिय लेखक तथा  पत्रकार केन्द्र                                       काठमाडौं ,  नेपाल                              ( International Writers And Journalists                    Centre, Kathmandu , Nepal ) 
 
                                     प्रेस विज्ञप्ति