खत्याड गाउँपालिका छिटै अन्धकार मुक्त हुदै : एकै साथ चार वटा आयोजना सञ्चालनमा

मुगु,जेठ ३१। चार बर्षदेखि काम संचालन भैरहेको खत्याड खोला लघुजलबिद्धुत आयोजना निर्माण कार्य लकडाउनका कारण केही दिन देखि रोकिएको थियो । सरकारले लकडाउनलाई खुकुलो पारेपछि सामाजिक दुरि  कायम गरि रोकिएको निर्माण कार्य पुन संचालनमा आएको हो ।

 

आर्थिक बर्ष ७२/७३ मा साबिकको श्रीकोट गा.वि.स.को आर्थीक सहयोगमा वडा नं. ३ को तलिखर्कमा काम संचालन गरिएको ६० किलोवाट खत्याड खोला लघुजलबिधुत आयोजना आर्थिक अभावका कारण काम रोकिए पनि खत्याड गाउँपालिकाबाट क्रमागत रूपमा आर्थिक बर्ष ०७४/७५र० ७५/७६ मा बजेट बिनियोजन गरि पुन निर्माण कार्य संचालन गरिएको निर्माण समितीका अध्यक्ष हिरा टमटाले बताएका छन्।

 

चार बर्षको निर्माण कार्यलाई पुन संचालन गरेर ८० प्रतिशत निर्माण कार्य सम्पन्न गरिएको र बाँकी काम पनि १ महिना भित्र पावरसमा बत्ति बालिने निर्माण समितीका अध्यक्ष टमटाले जानकारी दिएका छन्। 

कोरोना भाइरसका कारण विश्व नै बन्दाबन्दि भए पछि नेपालमा पनि सरकाले चैत्र ११ गते बाट लकडाउन घोषणा गरे पनि हामिले छिटो बत्ती बाल्ने उदेश्यका साथ सामाजिक दुरि कायम गरि काममा लागि परेको वडा ३ का स्थानीय बासि चक्र बहादुर बुढा बताएका छन् ।

 

खत्याड गाउँपालिकाले खत्याडी बासिलाइ अन्धकार बाट मुक्त गर्न  र दैनिक गरिने ईलोक्टिकल काममा सहज बनाउँनाको लागी गाउँपालिकाले बिद्धुतिय बिकासलाइ प्रथामिकतामा राखेर ११ वडाकै पायक पर्ने ४ ठाउँमा बिद्धुत निर्माण गरि सम्पूर्ण गाउँपालिकाका  बासिन्दालाइ अन्धकार बाट मुक्त गर्न गाउँपालिका लगि परेकाे अध्यक्ष उब्जन बहादुर शाहीले बताउनु भयो।