कालिकोटको पलाँतामा आरडीटी परीक्षण गर्न गएका डाक्टरको टोलीमाथि ढुङ्गामुढा,दोषिमाथि कारवाहीको माग

 – कमल कोपिला

  कालीकोट,जेठ ३१।कालीकोटको पलाँता गाउँपालिकाको राडुनेटा क्वरेण्टीनमा रहेकाहरुको आरडीटी जाँच गर्न गएको डाक्टरको टोलीमाथि ढुङ्गामुढा भएको इलाका प्रहरी कार्यालय थिर्पुले जनाएको छ ।

 

पलाँता गाउँपालिकाद्वारा सञ्चालित साझा यातायात चढेर थिर्पुबाट राडुनेटा जान लागेको डाक्टरसहित स्वास्थ्यकर्मीको टिममाथि ढुङ्गामुढा गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो ।

 

ढुङ्गामुढा गर्नेहरु पलाता तीन निवासी इन्द्र रोकायाको भाइ राजेन्द्र रोकाया लगाएतको टोलिले मदिरा सेवन गरि राडुनेटा जान लागेको टोलि माथी हातपात गरिएको स्वास्थ्य शाखा प्रमुख हिमाल संज्यालको भनाइ रहेको छ।

जनराज रोकाया र राजेन्द्र रोकाया लगाएतको टोलि मदिरा सेवन गरि गाडीमा चडेको र उनीहरु राडुनेटा जान गाडीमा बसिरहेका बेला स्वास्थ शाखाको टोलि राडुनेटा जाने क्रममा झडप सङ्गै ढुङ्गा मुडा समेत भएको र हव्लदारको टोलि उनिहरुको खोजीमा पठाइसकेको बताउनु भयो ।

 

उनिहरुको खोजी भइरहेको र दोषीलाई कारबाही गरिने जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामबाबु अर्यालले बताउनुभयो ।

 

पलाँता गएका डाक्टर सुवास आचार्यसँग फोन सम्पर्क हुन नसकेको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताउनुभयो । पचाल झरना र पलाँता गाउँपालिकामा हेर्ने गरी डाक्टर सुवासको टिम त्यहाँ गएको हो । डाक्टरको टिम अहिले इलाका प्रहरी कार्यालय थिर्पुमा रहेको छ ।