अवैध सुन कारोबार गर्ने दुइ जना ९९ लाख रुपैयाँसहित पक्राउ

काठमाडौं,असार ३० । अवैध सुन आयात गरी कारोबार गरेको आरोपमा भैरहवाका एक सुन व्यापारी पक्राउ परेका छन् । आन्तरिक राजस्व विभागले भैरहवा गल्लामण्डीमा रहेको सोनी ज्वेलर्सका सुनील सुनार र उनका सहयोगी अमित परियार अवैध सुन चोरी तथा आयात गरी राजस्व चुहावट गरेको आधारमा पक्राउ परेका छन्।

 

उनीहरुको साथबाट ९९ लाख ५ हजार रुपैयाँ नगद तथा कागजात बराबद गरिएको छ ।

 विभागको टोलीले मंगलबार उनको कारबाट अवैध आर्थिक कारोबार र राजस्व चुहावट गरेको ७३ लाख ५५ हजार र उनको पक्लिहवास्थित घर र सोनी ज्वेलर्सबाट थप २५ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियाे।

 

विभागमा सुनारले अवैध सुन कारोबार गरेको सूचना प्राप्त भएको थियो। विभागका अनुसार उनीहरुमाथि अनुसन्धान भइरहेको जनाएकाे छ।