मेयरका छोरा ५ लाख घुससहित रङ्गेहात पक्राउ

लहान,असार ३१।  कल्याणपुर नगरपालिकाका मेयरका छोरा लगायत दुईजनालाई ५ लाख घुससहित अख्तियारले रङ्गेहात पक्राउ गरेको छ।

 

 बर्दिबासबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लहान नगरपालिका २२ राजदेवी चौक नजिक रहेको एक पेट्रोल पम्पमा घुस रकम लेनदेन गरिरहेकै अवस्थामा मेयरका छाेरा सन्त मण्डल र जितेन्द्र महतो पक्राउ परेका हुन ।

 

डिएसपी मधुकुमार थापाको कमान्डमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो सिरहा कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलका छोरा सन्त मण्डल र जितेन्द्र महतो पक्राउ गरेकाे छ।  

 

  मेयर मण्डलले डिपिआर गरेको भुक्तानी दिन सेवाग्राही संग ५ लाख घुस मागी आफ्नो छोरा सन्त मण्डललाई लहानको राजदेवी चोकमा पैसा लिन पठाएको अख्तियारकाे टोलीले दावी गरेको छ ।थप अनुसन्धान भइरहेकाे अख्तियारकाे टाेलिले जानकारी दिएकाे छ।