सशस्त्र प्रहरीका एसएसपी बलात्कार आरोपमा पक्राउ

 काठमाडौं,असार, ३१ ।  सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीलाई प्रहरीले बलात्कार आरोपमा पक्राउ परेका छन् ।

 

बुधबार आफ्नै निवासमा एक महिलालाई बोलाएर बलात्कार गरेको मौखिक उजुरीका आधारमा अधिकारीलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

 

वरिष्ठ अधिकारीमाथि बलात्कार आरोप लागेपछि सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख कविन्द्रमान श्रेष्ठ पनि तालिम केन्द्र पुगेका छन् भने पीडितको स्वास्थ्य परीक्षण गर्न पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको एसपी श्रेष्ठले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानाएकाे छ ।