कनु जिल्लामा कति छन् संक्रमित प्रहरी,कनु पोष्टका कति संक्रमित,यस्तो छ प्रहरी प्रधान कार्यलयको तथ्यांक

काठमाडौं,साउन ८ । विभिन्‍न जिल्लामा खटिएका प्रहरी १११ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । जसमध्ये ९४ जना प्रहरी कोरोनामुक्त भएर आफ्नाे काममा फर्किसकेका छन् । प्रहरीका कनु पाेष्टका कति संक्रमित भएका छन्।   इन्स्पेक्टर ६, सई ८,  असई ७, हवल्दार ३३, प्रहरी जवान ५६ र एकजना कार्यालय सहयोगी समेत संक्रमित भएका छन्।संक्रमित मध्ये दुई महिला र १०९ पुरुष रहेका छन् । 

 

त्यस्तै संक्रमित प्रहरी सबैभन्दा धेरै दैलेखका १४, धनुषाका १२ ,सुर्खेतका ८,काठमाडौंका ८,बाराका ७, बाजुराका ६ , कपिलवस्तुका ६, नवलपरासीका ५,सप्तरीका ४, रौतहटका ४, कञ्‍चनपुरका ४,सिरहाका ३, स्याङ्जाका ३, धनकुटाका २, मोरङका २ , सर्लाहीका २, महोत्तरीका २, तनहुँका २, बाँकेका २, बर्दियाका २, दाङका २, प्युठानका २, जुम्लाका २, डोल्पाका २, अछामका २ भक्तपुरका १,बागलुङका १,गुल्मीका १, जाजरकोटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

 कोरोनामुक्त भएका प्रहरीलाई नियमित कामकाजमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।पछिल्लो समय संक्रमित प्रहरीको निको हुने संख्या बढ्दै गएकाे प्रहरी प्रधान कार्यलयकाे दावि छ।