नेपालमा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि,थप १५६ जना कोरोना संक्रमणमुक्त,१ जनाको मृत्यु

काठमाडौं,साउन, ८  । नेपालमा थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनका अनुसार हालसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।अब सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ ।

 

उपत्यकाका तिन वटै जिल्लामा संक्रमित थपिएका छन्, काठमाडौंका ५,भक्तपुर र ललितपुरमा २/२ जना थप भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज उपत्यकाका ९ सहित १४७ मा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।  

यस्तै २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यो सँगै संक्रमणमुक्त भएर घर फर्किनेकाे संख्या १२ हजार ८४० पुगेको छ ।

 त्यस्तै ६ जिल्लाहरु पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना संक्रमणमुक्त रहेकाे पनि जानकारी दिएका छन् ।

 कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु भए सँगै मृतकको संख्या ४३ पुगेकाे छ।