गृहको निर्देशन मास्क नलगाई हिँड्नेलाइ प्रहरीले कारबाही गर्नु

काठमाडाै,साउन ११ । गृह मन्त्रालयले कोरोना भाइरस संक्रमणको दर बढिरहेका वेला सामाजिक दूरी कायम गराउन,मास्क सेटिनाइजरको प्रयोगमा कडाइ गर्न निर्देशन दिएको छ ।  

 

आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन र त्यस अनुसार मास्क नलगाउनेलाई पक्राउ गर्न भनी यसअघि जारी गरिएको निर्देशनमा कडाइका साथ लागू गर्न भनिएको छ।

 

पछिल्लो समय जनस्तरबाट लापरबाही बढेकाले जोखिम बढ्न सक्ने  भन्दै यो परिपत्र जारी गरिएको गृहमन्त्रालयका अधिकारीको भनाइ छ ।साथै, कारबाहीको विवरण पनि दैनिक रुपमा हरेक जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा बुझाउनुपर्ने भएकाे छ ।

 

 सामाजिक दूरी कायम नभएको, मास्क सेनिटाइजर प्रयोग नगरीएको र स्वास्थ्य सतर्कतासमेत नपनाइएकाले कोरोनाको जोखिम बढ्नसक्नेतर्फ पनि सचेत गराइएको छ।

गृहले मास्क प्रयोग, सामाजिक दूरी कायममा अटेरी गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गर्नसमेत निर्देशन दिएको छ।