नेपालमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्ला कति थपिए संक्रमित 

काठमाडाैं,साउन ११। नेपालमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पत्रकार सम्मेलनका अनुसार संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।

अहिलेसम्‍म १३ हजार १२८ जना निको भएर घर फर्किसकेका छन् ।

 

 त्यस्तै विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ७५ जना निको भइ घर फर्किएका छन्। नेपालमा निको हुनेको दर ७०.५ प्रतिशत रहेको गौतमले बताए।

हालसम्म ३ लाख ४२ हजार ४ सय ५७ जनाको पिसिआर परीक्षण भएको छ।अब देशभर ५ हजार ४ सय ४० सक्रिय संक्रमित छन्।

कुन जिल्ला कति थपिए संक्रमित 

मन्त्रालयका अनुसार सबैभन्दा धेरै मोरङमा २६ जना  ,दैलेखका २५, अछामका १४, काठमाडौं र इलामका ८/८ जना, बर्दियाका ६ र पर्साका ४ जना ,कास्की, रोल्पा, सुर्खेत र बाजुरामा ३/३ जना, सुनसरी, महोत्तरी, नवलपुर, सोलुखुम्बु, गोरखा र बाँकेमा २/२ जना तथा झापा, सिराहा, उदयपुर, धनुषा, दाङ, नुवाकोट, रौतहट, मकवानपुर, बारा, रुपन्देही, अर्घाखाँची, जुम्ला र कञ्चनपुरमा एक/एक जना संक्रमित थपिएका छन् ।हालसम्म मृतक ४५ जनामा कोरोना भाइरसकाे संक्रमण देखिएको छ।