आज मिति २०७७ साल साउन २५ गते आइतबार भगवानको दर्शन गर्नुहाेस् र राशिफल पढ्नुस्

मेषः-दिन खर्चप्रद देखिएको छ। चक्रव्यूह रच्नेहरू सक्रिय देखिने छन्। षड्यन्त्रमा परिनसक्छ ख्याल गर्नुहोला। कामकार्यमा पनि अल्झन आउने छ।

 

वृषः-व्यवसाय, पेशा एवं उद्योगधन्दा आदिबाट आंशिक लाभप्राप्त गर्न सकिने छ। विशेष काममा आउने रोकावट हटाउन हनुमान एवं माँ बगलामुखी भक्ति गर्नुहोला।

 

मिथुनः-इज्जत, मानप्रतिष्ठा बढ्ने छ। राजनीति, समाजसेवा, सांगठनिक तथा प्रतिनिधित्त्वमूलक क्षेत्रमा प्रतिष्ठा एवं जिम्मेवारी थपिने छ।

 

कर्कटः-केही सङ्घर्ष, द्वन्द्व तथा स्वास्थ्यमा मन्दता आउनसक्ने छ। अर्काको आश्वासनको भरोसा गर्नुभन्दा कर्मयोगलाई महत्त्व दिएर कार्यक्षेत्रमा रत् रहनु बुद्धिमानी तथा लाभकर हुनेछ।

 

सिंहः-दिन त्यति अनुकूल देखिएको छैन। स्वास्थ्यमा मन्दीको साथमा कामकार्यमा पनि अल्झन आउने देखिने छ। संयमपूर्वक जनव्यवहार एवं आहारविहार गर्नु उचित हुनेछ।

 

कन्याः-सामान्य कामकार्य तथा उद्यमको लागि नयाँ योजना र विचार हुनेछ। जोशजाँगर पनि बढेर आउने छ। आक्रोशको बावजुत दाम्पत्य तथा प्रेमसम्बन्धमा सफल हुनेछ।

 

तुलाः-कामकार्यमा सफलता मिल्ने छ। स्वास्थ्यमा सुधार आउने छ। परोपकार जन्य भूमिका निभाउन पाइने छ। पौरख गर्न सकिने छ। आर्थिक लाभ हुनेछ।

 

वृश्चिकः-अध्ययनमा प्रगति हुनेछ। व्यवसाय एवं कर्मक्षेत्रबाट लाभ हुनुको साथै पेशागत प्रसिद्धि प्राप्त मिल्ने छ। प्रचारप्रसार बढ्ने छ। आत्मप्रशंसाको मनोविज्ञानले दुःख दिनेछ।

 

धनुः-चनाखो हुने र बुद्धिले काम लिने गर्नुपर्ने समय छ। असमझदारी वा द्वन्द्व तथा अपयश नपर्ला भन्न सकिन्न। र पनि अप्रत्याशित उपलब्धि हुनाले दङ्ग परिने छ।

 

मकरः-शारीरिक स्फूर्ति एवं उमङ्ग बढ्ने छ। केही पौरख गर्नसकिने छ। थातिरहेका कामकार्यलाई अगाडि बढाउन सकिने छ। काममा निकै रुचि बढ्नेछ।

 

कुम्भः-बोलीव्यवहारमा संयमता अपनाउनु बुद्धिमानी हुनेछ। धनोन्मादले सञ्चित धनको खर्च गराउनसक्छ संयम गर्नु होला। कुटिल कुटुम्बिक व्यवहार हुनेछ।

 

मीनः-अपेक्षित कार्यमा अवरोध आउने सम्भावना देखिएको छ। अपेक्षा तथा भरोसा पूर्ण नहुँदा निराशा पर्नसक्ने छ। मिष्ठान्न भोजन र स्वागतसत्कार भने मिल्नेछ।