काठमाडौं उपत्यकाका तीनवटै जिल्ला भित्र सार्वजनिक स्थलमा भेला ,प्रदर्शन र जात्रा गर्न नपाइने (सुचनासहित)

  काठमाडौं,साउन ३० । उपत्यकाका तीनवटै जिल्ला भित्र सार्वजनिक स्थलमा भेला हुन प्रदर्शन गर्न र पारिवारिक जमघटमा पनि रोक लगाकाे छ ।

 

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको शुक्रबार बसेकाे बैठकले खुला स्थानमा भेला हुने, भिडभाड गर्ने र सभाजुलुस गर्न निषेध गरिएकाे छ।  

 

आज साउन ३० गते राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मको लागि प्रतिबन्ध लगाइएको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आज साँझ छुट्टाछुट्टै आदेशमा जारी गरेका छन्। 

 

 

 अब दैनिक हुने नित्यपूजाबाहेक सम्पूर्ण धार्मिक गतिविधिमा रोक लगाइएको छ, भने अब पुजारीले नित्यपूजाबाहेक अरूलाई मन्दिर जान समेत प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको आदेशमा उल्लेख गरिएकाे छ ।

 

 आदेशमा निषेध गरिएका कामहरु गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको आदेशमा जनाएका छन्।  

हेर्नुहोस् आदेश