नेपालमा थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप ३७७ जना संक्रमित,कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,भदौ ११ । नेपालमा थप १ हजार १११ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा  १  हजार १११ जनामा संक्रमण पुष्टि भएको हो ।

 

त्यस्तै काठमाडौं उपत्यकामा मात्र ३७७ संक्रमित थपिएका छन् । त्यस मध्य काठमाडौंमा मात्र २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन्।

 

याे सँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । उनीहरुमध्ये २० हजार ७३ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।अहिलेसम्म १८३ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित 

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ३७७ संक्रमित थपिएका छन् । त्यसमध्य सबै भन्दा धेरै काठमाडौंमा मात्र २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना ,पर्साका ८५ जना, बाँकेका ७५, रुपन्देहीका ७२, मकवानपुरका ६३, चितवनका ४५, धनुषाका ३९, सुनसरीका ३८, बाराका ३०, सप्तरीका २२,कपिलवस्तुका २१, मोरङ र कैलालीका २०र२० जना, नवलपरासीका १८,नवलपुर र बैतडीका १७/१७, रौतहटका १५, काभ्रेका १३, दैलेखका १२, तनहुँका ११, सुर्खेतका ९,बाग्लुङका ८ जना ,सिराहा, महोत्तरी र नुवाकोटका ७/७ जना, सर्लाही, रामेछाप, कञ्चनपुर र डोटीका ६/६ जना, सिन्धुली र जाजरकोटका ५/५ जना, प्युठान र संखुवासभाका ४/४ जना, सिन्धुपाल्चोक, लमजुङ र गुल्मीका ३/३ जना, दोलखा, कास्की र दाङका २/२ जना तथा खोटाङ, धादिङ,गोरखा, पर्वत, बर्दिया र बझाङका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।