जबजस्ती करणीका फरार अभियुक्त शाही पक्राउ

मुगु, भदाै ११।  मुगुको खत्याड गाउँपालिकका शुक्रराज शाहीलाइ जवरजस्ती करणी कसूरमा १० वर्ष कैद तोकिएकाे थियाे तर उनि ६ वर्ष देखि फरार रहेका थिए। 

 

खत्याड गाउँपालिका वडा न ११ बस्ने परेक राज शाहिका छाेरा बर्ष २१ का सुकराज शाहिलाई भाद्र १० गते प्रहरीले पक्राउ गरेकाे  थियाे ।

 

मुगु जिल्ला अदालतले शाहिलाई २०७४ साल फागुन  २१ गतेकाे  आदेशले जवरजस्ती करणी कसूरमा १० वर्ष कैद र रू,६९,३०० रूपैयाँ, जरिवाना तोकिएकाे निज फरार अभियुक्तलाइ पक्राउ गरी भाद्र १० गते सम्मानित जिल्ला अदालत मुगुमा पेश गरिएको थियाे।

 

साथै भादाै १ गते देखि १० गते सम्म अन्य विभिन्न कसूरमा संलग्न रही फरार रहेका थप ११ जना गरी जम्मा १२ जना फरार अभियुक्तलाइ पक्राउ गरी सम्बन्धित जिल्ला अदालतमा पेश गरि कानुन बमाेजिम सम्मानित जिल्ला अदालतले ताेकेकाे कारबाही गर्ने पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यलय मुगुले जानकारी दिएकाे छ।