तीन दिनको मौसम पूर्वानुमान : यी स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौ, भदौ१४। मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आइतबार मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको र भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम–उत्तरपश्चिम दिशा तर्फ सर्दै गएको जनाएको छ ।

महाशाखाले जारी मौसम पूर्वानुमानमा हाल प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका का अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रही देशका अन्य भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा हल्का बर्षा भइरहेको जनाएको छ ।

 हालको मौसमको अवस्था  

हाल प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका का अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रही देशका अन्य भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा हल्का बर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

भाद्र १४ गते (आइतबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

राती: देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र १५ गते (सोमबार)

दिउँसो : देशभर सामान्यतया बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरूमा र प्रदेश २, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

राती : प्रदेश न. १, प्रदेश न। २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य देखि पूर्ण बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरूमा र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश न.१, प्रदेश न.२, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र १६ गते (मंगलबार)

दिउँसो : देशका अधिकांश भूभागमा पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

राती : देशभर पूर्ण बदली रहनेछ। बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र प्रदेश १ र प्रदेश २ का केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ