ललितपुरमा ट्राफिक प्रहरी कुट्ने ९ जना पक्राउ

काठमाडौँ,भदौ १९। ललितपुरकाे पुल्चाेकमा ड्युटीमा रहेका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । बिहीबार पुल्चोकमा रातो मत्स्येन्द्रनाथको जात्राका क्रममा आक्रोशित भीडले घिमिरेलाई कुटपिट गरेको थियो।

 

ट्राफिक प्रहरीलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा ९ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए । अरूकाे पनि खाेजी भइरहेकाे छ, ड्युटीमा रहेका प्रहरी कुट्नेलाइ कडा भन्दा कडा कारबाही गर्ने पनि राइले बताएका छन्।

 

एसएसपी राईले भने उनीहरुले ट्राफिक जवानमाथि कुटपिट,स्थानीय प्रशासन ऐन २०२८ अनुसार जारी गरिएको निषेधाज्ञा आदेशको उल्लंघन,संक्रामक रोग २०२० अनुसार जारी गरिएका आदेशको उल्लंघन र ज्यान मार्ने उद्योगमा छानबिन सुरु गरिएको छ ।

 

आक्रमणमा पर्ने जवान कमलप्रसाद घिमिरे ललितपुरको मंगलबजारमा ड्युटीमा खटिएका थिए । जावलाखेल र मंगलबजार जाने डाइभर्सनमा आफ्ना इन्चार्ज असई कृष्ण घलानसँगै उनी ड्युटीमा खटिएका थिए । घाइते जवान ललितपुरको अल्का अस्पतालमा उपचाररत छन् । प्रहरीका अनुसार थप अनुसधान गरेर उनिहरूलाइ कारबाहीकाे दायरामा ल्यउने बताएकाे छ।