डा.केसी र सरकारबीच ८ बुँदे सहमति : अनसन आज (आइतबार) तोडिदैँ

काठमाडौं,असोज २५। अनसनरत डा.गोविन्द केसी सरकारबीच शनिबार राती ८बुँदे सहमति भएसँगै आज आइतबार अनसन तोडिने भएको छ ।

 

अनसनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनालीले शनिबार मध्यरातमा सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।  डा.केसीले आज (आइतबार)विहान ९ः३० बजे अनसन तोड्नेछन् सहमति भएकाे छ ।

डा.गाेविन्द केसी र सरकारी वार्ताटाेली बिच यस्ताे छ सहमति

 सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमतिमा उल्लेख छ ।

 

यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा काम गर्न दिने सहमति भएको छ ।

 

यस्तै चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा.केसीबीच २०७५ साउन १० लाई पनि राख्ने सहमतिमा उल्लेख गरिएकाे छ ।

यस्ताे छ सहमति पत्र