आज शनिबारको मौसम पूर्वानुमान

काठमाडौं,कार्तिक १५। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाको मौसम बुलेटिन जारी गरेको छ।

त्यस्तै आज कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ।

हाल मौसमको अवस्था देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

 

त्यस्तै राती प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक १६ गते आइतबार

दिउँसो : प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

राती : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कार्तिक १७ गते सोमबार

दिउँसो : देशका पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य पहाडी भू-भागमा आंशिक बदली रहनेछ। अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।