कोरोना स‌ंक्रमणका कारण थप २४ जनाको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं,कात्तिक, २४।  नेपालमा कोरोना भाइरस स‌ंक्रमणका कारण थप २४ जनाको मृत्यु भएको छ ।

 

कास्कीमा ४ जना, काठमाडौंमा ३ जना, मोरङ २ जना , सुनसरी २ जना, रुपन्देही २ जना र कैलालीमा २ जना, झापा १ जना, इलाम १ जना, उदयपुर १ जना, सिराहा १ जना, रामेछाप १ जना, ललितपुर १ जना, भक्तपुर १ जना, नुवाकोट १ जना, चितवनमा १  जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।