यस्तो छ आज मंगलबारको मौसम पूर्वानुमान

काठमाडौं,कार्तिक २५। मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गर्दै हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको विकास नभएको जनाएको छ।

हाल देशका हिमाली भू–भागको मौसममा आंशिक बदली रहेको छ ।

 

त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।आज दिउँसो सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ ।

 

त्यस्तै देशका अन्य पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना छ ।त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

 

त्यसैगरी आज राती देशको पहाडी भू–भागको मौसममा आंशिक बदली रहनेछ । त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।