योस्त छ, आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं,मंसिर ८। हाल देशको पश्चिम क्षेत्रका उच्च हिमाली भेगमा पश्चिमी वायुको प्रभाव देखिएको छ । हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

 

त्यस्तै अन्य प्रदेशका पहाडी भूभागहरुको मौसममा आंशिक बदली रहेको छ । त्यसैगरी देशका अन्य भू–भागको मौसम सामान्यता सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

 

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ । बाँकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहनेछ ।

 

त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यता सफा रहनेछ। सुदूर पश्चिम र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

 

त्यसैगरी आज राती सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ। बाँकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहनेछ। त्यसैगरी देशका अन्य भू–भागको मौसम सामान्यता सफा रहनेछ।

 

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।