नेपालमा थप १ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप ६४५ जनामा संक्रमित,कुन जिल्लामा कति थपिए  संक्रमित 

काठमाडौं,मंसिर १३ । नेपालमा थप १ हजार ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१५ जना डिस्चार्ज भएका छन्।

त्यस्तै देशैभर ९ हजार ३६८ नमुना परीक्षण भएकोमा ८३४ जना पुरुष र ५४६ गरी एक हजार ३६८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

शनिबार काठमाडौं उपत्यकामा मात्रै ३६० पुरुष र २८५ जना महिलासहित ६४५ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनसार पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ ।

कुन जिल्लामा कति थपिए  संक्रमित 

काठमाडौं ४८९, ललितपुरमा १२४, कास्कीमा ११८, झापामा ६७, सुनसरीमा ५९, रुपन्देहीमा ५८, मोरङमा ४१, बाँकेमा ३७, भक्तपुरमा ३६, लमजुङमा २४, तनहुँमा २२, बागलुङ र काभ्रेमा १९/१९, नुवाकोट १८, स्याङ्जा र नवलपरासी पश्चिममा १७/१७, धादिङ, मकवानपुर र पाल्पामा १५/१५, बर्दिया, चितवन, गोरखा र कपिलवस्तुमा १३/१३ जना,धनुषा ११, दोलखा र सिराहमा ९/९ जना, गुल्मीमा ८, सप्तरीमा ७, ओखलढुंगा, रामेछाप र सर्लाहीमा ६/६, सिन्धुपाल्चोक र पाँचथरमा ५/५, दाङ, अछाम र डडेल्धुरामा ४/४, प्युठान, म्याग्दी, धनकुटा र भोजपुरमा ३/३, पर्वत, पुस्ताङ, अर्घाखाँची, इलाम, उदयपुर, सिन्धुली र खोटाङमा २/२ जना ,ताप्लेजुङ, थेह्रथुम, संखुवासभा, पर्सा, बारा, महोत्तरी, रौतहट, नवलपरासी पूर्व, रोल्पा र दैलेखमा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।