ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन अस्विकार्य : सरकार

काठमाडौं,मंसिर १४। सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन अस्विकार गरेको छ। मनोगत र राजनीतिक पूर्वाग्रह प्रेरित भएको भन्दै नेपाल सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन अस्विकार गरेको हो।

 

आइतबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनमा सरकारको असहमति रहेको भन्दै प्रतिवेदन अस्वीकार गर्ने बताएका छन्।

 

उनले सरकार र सत्ताधारी दललाई बद्नाम गर्ने गरि आएको ट्रान्सपरेन्सी इन्टरनेशलको प्रतिवेदनमा समेटिएका विषयवस्तुमा सरकारले प्रश्न पनि उठाएको छ।

 

ट्रान्सपरेन्सी इन्टरनेशनले केही दिनअघि सार्वजनिक गरेको प्रतिवेदनमा भ्रष्टाचारका काण्डमा प्रधानमन्त्रीले संरक्षण गरेको आशय व्यक्त गरेको थियो।