नेपालमा थप १२५५ जनामा कोरोना संक्रमण,थप २५ जनाको मृत्यु

काठमाडौं,मंसिर १४।नेपालमा थप १२५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

 

याे सँगै कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । उनीहरुमध्ये २ लाख १२ हजार ५९० जना संक्रमणमुक्त भएका छन्। आज २४ घन्टामा २५ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १४७९ पुगेको छ । 

 देशभर १७ हजार ९०९ संक्रिय संक्रमित छन् ।