सगरमाथाको उचाइ भाेली (मंसिर २३ गते) सार्वजनिक गरिदै

काठमाडौँ,मंसिर २२। सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा गर्ने भएको छ । नापी विभागको कार्यालय मीनभवनमा सगरमाथाको उचाइ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

 

विभागका उपमहानिर्देशक सुशील नरसिंह राजभण्डारीले मंसिर २३ गते दिउँसो साढे १ बजे आयोजना हुने उक्त कार्यक्रममा सगरमाथाको उचाइ घोषणा हुने भएको छ।उक्त कार्यक्रमकाे लागि नापी विभागले पत्राचारसमेत गरेकाे छ ।

 

सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण हिमाली भेगको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो ।

 

यही कारणले सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने अनुमानका आधारमा नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो ।

गत मंसिर १० गते बुधबार बसेको मन्‍त्रिपरिषद बैठकले उचाइ सार्वजनिक गर्न स्वीकृति प्रदान गरेको थियो ।