नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,पुस १७ । नेपालमा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५२२५ जनामा गरिएको परीक्षणमा गर्दा ४२६ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७४८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५३ हजार १०७ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ६०४८ रहेको छ ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८६४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।                                                     

कुन जिल्लामा कति थपिए संक्रमित

 प्रदेश १ को इलाममा १, ओखलढुंगामा १, झापामा १६, धनकुटामा १, मोरङमा १० र सुनसरीमा ६ जनामा कोरोना पुष्टि भएको छ।प्रदेश २ को पर्सामा २, बारामा १, रौतहटमा १, सप्तरीमा २ र सर्लाहीमा २ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ३४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १, चितवनमा १३, दोलखामा १, धादिङमा १, नुवाकोटमा २, भक्तपुरमा १५, मकवानपुरमा ८, रसुवामा ११, ललितपुरमा १८ र सिन्धुलीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

  गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २६, गोरखामा ३, तनहुँमा ३, नवलपरासीमा पूर्वमा १, म्याग्दीमा १, लमजुङमा २, बागुलङमा १ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ५, गुल्मीमा ४, दाङमा १९, नवलपरासीमा ६, पाल्पामा ४, प्युठानमा १, बर्दियामा ४, बाँकेमा २३, रुपन्देहीमा १२ र रोल्पामा १ जनामा कोरोना पाइएको छ।

 

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोट, रुकुम पश्चिम र सुर्खेतमा १÷१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।  यस्तै, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ११, कैलालीमा २९, डडेल्धुरामा ४, दार्चुलामा ४ र बाजुरामा ८ जनामा कोरोना भेटिएको छ।