आजको मौसम र्पूवानुमान: आंशिकदेखि सामान्य बदली रहने

काठमाडौं,पुस १८। हाल देशभरको मौसममा पश्चिमी वायुको प्रभाव कायम रहेको छ ।हाल देशका पहाडी भू–भागको मौसम सामान्यतया सफा रहेको छ भने तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

 

आज विहान ६ बजे काठमाडौंको बायुको तापक्रम २ डिग्री सेल्सियस रहेको छ ।आजको न्युनतम तापक्रम २ डिग्री सेल्सियस हुनेछ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ ।

 

देशका बाँकी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना छ ।सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ ।

 

त्यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक, दुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।त्यसैगरी आज राती देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

त्यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक, दुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।