यस्तो छ, आजको मौसम पूर्वानुमान

काठमाडौँ,माघ ११ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतय सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।

 

आज दिउँसो देशका पहाडी भूभागहरूमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न। १ को उच्च पहाडी तथा हिमाली भूभागका एक रदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

 

त्यस्तै राती देशका पहाडी भूभागहरूमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न। १ को उच्च पहाडी तथा हिमाली भूभागका एक रदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

 

 देशको सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न.१ को उच्च पहाडी तथा हिमाली भूभागका एक रदुई स्थानमा हल्का हिमपातको एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केहि स्थानहरुमा बिहानीपख हुस्सु्रकुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।