नेपालमा थप २७० जनामा कोरोना संक्रमण पुष्टि, थप ७ जनाको मृत्यु

काठमाडौं,माघ ११। नेपालमा थप २ सय ७० जनामा कोरोना भइरसको संक्रमण पुष्टि भएकाे छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ३ सय १२ जना सक्रिय संक्रमित छन्।

 

पछिल्लो २४ घण्टामा ४ हजार ४ सय १३ जनाको पिसिआर परीक्षण गर्दा २ सय ७० जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ४३ हजार २ सय ५५ पुगेको छ।

 

आइतबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार १ पुगेको मन्त्रालयले जनाएको छ। हाल १ सय ४५ जना क्वारेन्टाइनमा छन्।

 

पछिल्लो २४ घण्टामा ४ सय ३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६४ हजार १ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ।

 

यस्तै, देशभर हाल १ सय ६२ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ३९ जना आइसियु र २३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।