सरकारले संविधानको मर्ममाथि प्रहार ग-यो : नेता भट्टराई

काठमाडौं,माघ २१। जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अहिलेको समयमा निर्वाचन हुन नसक्ने दाबी गरेका छन् ।

 

जसपा चितवनले आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले निर्वाचन घोषणा गरिए पनि हुने सम्भावना भने नरहेको दाबी गरेका हुन ।

 

पूर्वप्रधानमन्त्री डा भट्टराईले सरकारले लोकतन्त्रमाथि प्रश्न उठाउँदै संविधानको मर्मविपरीत काम गरेको आरोप लगाए । उनले जनताको बलबाट भए पनि प्रतिनिधिसभा पुनःस्थापना हुन सक्ने बताए ।

 

उनले भने, “हामी नजितेसम्म लड्छौँ । बाह्य शक्तिले हस्तक्षेप गर्ने खतरा छ, राष्ट्रियतामाथि नै खतरा छ ।” पार्टीले फागुन पहिलो सातादेखि संयुक्त आन्दोलनको तयारी गरिरहेको जानकारी पनि उनले दिए ।