नेपालमा थप १४२ जना कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,माघ २१। नेपालमा थप १४२ जना कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार ३३५ जना सक्रिय संक्रमित छन्।

 

 पछिल्लो २४ घण्टामा ३ हजार ५९७ जनाको पिसिआर परीक्षण गर्दा १४२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ८१ हजार ६९५ पुगेको छ।

 

 पछिल्लो २४ घण्टामा एकजना संक्रमितको मृत्यु भएको छ। हाल ९५ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा २०६ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६७ हजार ६५ पुगेको मन्त्रालयले जनाएको छ।

 

यस्तै, देशभर हाल ७८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ६१ जना आइसियु र १७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को ओखलढुंगामा एकजना, खोटाङमा २, झापामा ४ र पाँचथरमा एकजनामा कोरोना भेटिएको छ। प्रदेश २ को धनुषामा एकजना, बारामा एकजना र सर्लाहीमा एकजनामा कोरोना संक्रमण देखिएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र ४४ जनामा कोरोना पुष्टि भएको छ।यस्तै, चितवनमा ६, नुवाकोटमा एकजना, भक्तपुरमा ३,रसुवामा एकजना, रामेछापमा एकजना, ललितपुरमा ८, सिन्धुपाल्चोकमा एकजना र सिन्धुलीमा एकजनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

 पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १३, नवलपरासी पूर्वमा एकजना, लमजुङमा ४, बाग्लुङमा ३ र स्याङ्जामा एकजनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा ३, गुल्मीमा एकजना, दाङमा ६, प्युठानमा एकजना, बर्दिया २, बाँके ३, रुपन्देहीमा २० र रोल्पामा एकजनामा कोरोना पाइएको छ।

 

 पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा कोरोना नभेटिएको मन्त्रालयले जनाएको छ। यस्तै सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा एकजना र कैलालीमा २ जनामा कोरोना संक्रमण देखिएको छ।