आज यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली हुने सम्भावना

काठमाडौं,फागुन ९। हाल नेपालको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको उपस्थिति छैन । हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरुको मौसम आंशिक रुपमा बदली भएको छ ।

 

देशका अन्य भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ । आज काठमाडौंको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २३ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

आज दिउँसो प्रदेश १ को पहाडी तथा हिमाली भू–भागहरुको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ । देशका बाँकी प्रदेशहरूको मौसम मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

 

त्यसैगरी आज राती प्रदेश १ को पहाडी तथा हिमाली भू–भागहरुको मौसममा आंशिक बदली हुने सम्भावना छ । देशका बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।