नेपालमा ४७ जनामा कोरोना संक्रमण पुष्टि,थप ६२ जना डिस्चार्ज

काठमाडौं,फागुन २२। नेपालमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ५५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ८ सय १७ जना सक्रिय संक्रमित छन्।

 

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३५ जनाको पिसिआर परीक्षण गर्दा ४७ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ८८ हजार ७ सय २५ पुगेको छ। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ८ सय २८ पुगेको मन्त्रालयले जनाएको छ।

 

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। हाल ५५ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा ६२ जना उपचारपछि डिस्चार्ज भएका छन्।