वैद्य र विप्लवसहित रणनीतिक संयुक्त मोर्चाका चार पार्टीका नेताको प्रारम्भिक बैठक सम्पन्न,अर्को बैठकबाट कार्यक्रम सार्वजनिक गर्ने

काठमाडौं,फागुन २२ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपाका अध्यक्ष ऋषि कट्टेल र वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्वभक्त दुला आहुती लगायतका नेताहरुको उपस्थितिमा रणनीतिक संयुक्त मोर्चाको प्रारम्भिक बैठक क्रान्तिकारी माओवादीको कार्यालय कुपण्डोलमा सम्पन्न भएको छ ।

 

बैठकमा रणनीतिक संयुक्त मोर्चाका नेताहरु सीपी गजुरेल,खड्गवहादुर विश्वकर्मा (प्रकाण्ड)लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो । बैठकमा नेपाल सरकार र नेकपाबीच भएको वार्ताको प्रक्रिया र विषयवस्तुका बारेमा विप्लवले व्रिफिङ गर्नुभएको थियो ।

बैठकले मोर्चाको अर्को बैठकबाट मोर्चाका आगामी कार्यक्रमहरुलाई कसरी लैजाने भन्ने विषयमा विस्तृतमा छलफल गर्ने र कार्यक्रम सार्वजनिक गर्ने समझदारी गरेको क्रान्तिकारी माओवादीका महासचिव किरणले जानकारी दिनुभयो ।