खनाल-नेपाल समूहले तोक्यो राष्ट्रिय भेलाका लागि प्रदेश इन्चार्ज, कस्को कुन प्रदेशमा जिम्मेवारी (सूचीसहित)

काठमाडौं,फागुन २९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसमूहले राष्ट्रिय  भेलाकालागि इन्चार्ज चयन गरेको छ ।

 

  खनाल–नेपाल समुहकाे केन्द्रीय सदस्यहरूको आज (शनिबार) बसेको बैठकले इन्चार्जको जिम्मेवारी ताेकिएको छ ।

१-भीम आचार्यलाई- प्रदेश १

२-घनश्याम भुसाललाई- प्रदेश २

३-अष्टलक्ष्मी शाक्यलाई- बागमती

४-सुरेन्द्र पाण्डेलाई- गण्डकी

५ -युवराज ज्ञवालीलाई- लुम्बिनी र कर्णाली

६- भीम रावललाई -सुदूरपश्चिम प्रदेश 

 

यस्तै, रघुजी पन्तले युवा, गोकर्ण विष्टले विद्यार्थी, प्रमेश हमालले बुद्धिजीवी र योगेश भट्टराईले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । यो स्थायी इन्चार्जको जिम्मेवारी भने होइन ‘चैत ४ र ५ गतेको अभियानका लागि मात्रै हो ।बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी सबै निर्णयहरू अस्वीकार गर्ने निर्णय समेत गरेको छ ।