आज मिति २०७७ साल चैत ४ गते बुधबार पशुपतिनाथको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्ला । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।

 

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- आज भाग्यमय वृद्धि हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ ।

 

 

सिंह  मा, मि, मु, मे, मो, टा, टि, टु, टे-  प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ ।

 

 

तुला  रा, रि, रु, रे, रो, ता, ति, तु, ते-  आज रहस्यात्मक विषय र गूढ विज्ञानमा रूचि जाग्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको साथ र सहयोग पनि मिल्नेछ ।

 

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- आज सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । छोटो यात्रा पनि हुनेछ ।

 

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर विद्या र बुद्धिमा ह्रास आउन सक्छ ।

 

 

वृष  इ, उ, ए, ओ, वा, वि, वु, वे, वो-  आज मन कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ । गरेको काममा ढिलासुस्ती हुनेछ । चो खर्चको मात्रामा बृद्धि पनि भइरहन्छ ।

 

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अनावस्यक खर्चबाट बच्न सकिन्छ ।

 

 

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- आज क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । शत्रुपक्ष हावी हुन सकनेछन् ।

 

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । गरेको कार्यबाट सफलता मिल्नेछ ।

 

 

मकर  भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि-  आज अकस्मात सफलता पाईन सकिन्छ तर अपमानको सम्भावनापनि रहनेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । शैक्षिक क्षेत्र पनि राम्रै रहला ।

 

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- आज भाग्यमय वृद्धि हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट राम्रो हुनेछ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल