नेपाल वायुसेवा निगमको जहाज कोरोना खोप लिन चैत १५ गते बेइजिङ जाँदै

काठमाडौं,चैत १०। कोरोना भाइरसविरुद्धको खोप नेपाल ल्याउनका लागि सरकारले नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०को जहाज चीन प्रस्थान गर्ने भएको छ।

 

चीन सरकारले अनुदानमा उपलब्ध गराएको ८ लाख डोज खोप लिनका लागि एयरलाइन्सको जहाज चैत १५ गते चीन जाने भएको हो।

 

कोभिड-१९ विरुद्धको खोपलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइडबडी ए-३३० जहाज चीनको ‘बेजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल’ जाने भएको हो।

 

बेजिङबाट स्वास्थ्य सामग्री लिएर निगमको जहाज १६ गते काठमाडौं अवतरण गर्ने निगमको उडान तालिका रहेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन्।

 

चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड-१९ विरुद्धको खोप ‘भेरासेल’लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।

 

सो सरकारी निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरुप ८ लाख मात्र कोभिडविरुद्धको खोपलगायत सहायता सामग्री लिन निगमको जहाज बेइजिङ जाने भएको हो।

 

 

बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलबाट ढुवानी गर्न कलसाइन आरए ४२५१ द्वारा आइतबार काठमाडौं-बेइजिङ उडान गर्ने निगमको तयारीबमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय भइरहेको पनि उनले जानकारी दिइन्।

 

 

कोभिड महामारीबाट विश्व अर्थतन्त्र एवम् सामाजिक अवस्थामा प्रतिकूल असर परिरहेका बेला पुनः त्यसको नयाँ स्वरुपले थप समस्या सिर्जना गरेको छ।

 

नेपालको परिवेशमा नागरिकसम्म पहिलो मात्राको पहुँच सहज गराउन सङ्घीय सरकार दत्तचित्त भइरहेका सन्दर्भमा निगमले दायित्व निर्वाह गरेको जनाइएको छ।

 

सहप्रवक्ता सुलेश मिश्रका अनुसार निगमको वाइडबडी जहाज चैत १५ गते साँझ ५ः३० बजे काठमाडौँबाट बेजिङ प्रस्थान गर्नेछ भने भोलिपल्ट बेजिङको स्थानीय समयानुसार अपराह्न ४ः३० बजे काठमाडौँका लागि प्रस्थान गर्नेछ। सोही दिन राति ८ः३५ बजे नेपाली समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्नेछ।

 

 

निगमका प्रवक्ता श्रेष्ठले सरकारी निर्णयबमोजिम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयका आधारमा नेपालीका लागि अत्यावश्यक एवं महत्वपूर्ण कोभिड-१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री लिन निगमको वाइडबडी जहाज प्रयोग गरिने निगमको निर्णय भएको र सोहीअनुरुप आन्तरिक गृहकार्य अघि बढेको जानकारी दिए।

 

उनका अनुसार निगमको ए ३३० जहाज काठमाडौँ-बेजिङ-काठमाडौँ उडान कूल ब्लक १२ घण्टा पाँच मिनेट रहनेछ। निगमले कोभिडविरुद्धको खोप लिन पहिलो पटक उडान गर्न लागेको हो।

 

निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला पनि बेजिङ तथा ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो।

 

निगमले अन्तरराष्ट्रिय गन्तव्यमा दुई थान वाइड बडी ए ३२० जहाज र दुई थान न्यारो बडी ए३३० जहाजमार्फत सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ।रासस,