नेपालमा थप १८८ जनामा कोरोना संक्रमण पुष्टि,थप ७७ जना डिस्चार्ज

काठमाडौं,चैत १०। नेपालमा थप १ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार २ सय ४४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार १ सय २८ जना सक्रिय संक्रमित छन्।

 

पछिल्लो २४ घण्टामा ४ हजार ३२ जनाको पिसिआर परीक्षण गर्दा १ सय ८८ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ४५ हजार ३० पुगेको छ।

 

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार १९ पुगेको छ। हाल ४८ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा ७७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ९७ जना पुगेको मन्त्रालयले जनाएको छ।