कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन

काठमाडौं,चैत १३ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पताले जनाएकाे छ।

 

‘शुक्रबार विहानदेखि उहाँको मुटुको चाल चल्दै बन्द हुँदै गरिरहेको थियो, समस्या समाधानका लागि चिकित्सकको टोली प्रयास गरे पनि वचाउन असम्भव भएकाे अस्पतालले जनाएकाे छ।

 

फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उनलाई नर्भिकमा रेफर गरेको थियो ।

 

मष्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो ।कांग्रेस केन्द्रीय सदस्य जोशी पूर्वमन्त्री र पूर्वसांसद हुनु हुन्थ्याे।