नेपालमा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि, थप ३ जनाको मृत्यु

काठमाडौं,चैत १४। नेपालमा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ७ सय ५० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार २ सय ८८ जना सक्रिय संक्रमित छन्।

 

पछिल्लो २४ घण्टामा २ हजार ७ सय ४५ जनाको पिसिआर परीक्षण गर्दा ८५ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ५९ हजार ४५ पुगेको छ।

 

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको तथ्यांक मन्त्रालयले प्राप्त गरेको छ। नेपालमा कुल संक्रमित मृतकको संख्या ३ हजार २७ पुगेको छ। हाल ५९ जना क्वारेन्टाइनमा छन्।

 

पछिल्लो २४ घण्टामा ९३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ४ सय ३५ जना पुगेको मन्त्रालयले जनाएको छ।