आज यी प्रदेशका एकदुई स्थानमा अपरान्हपछि मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना

काठमाडौं,चैत २०। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले मौसम बुलेटिन जारी गरेको छ।
हाल देशमा स्थानीय वायुको प्रभाव रहेको छ।

 

हाल मौसमको अवस्था देशको पहाडी भुभागहरुमा आंशिक बदली रही वाँकी भूभागहरुमा मौसम सामान्यातय सफा रहेको छ ।

 

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

त्यस्तै आज देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

 

 

देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अपरान्हपछि मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।