यी प्रदेशका पहाडी भूभागमा अपरान्ह पछि मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं,चैत २७। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले मौसम बुलेटिन जारी गरेको छ। हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापिय प्रणालीको पनि प्रभाव रहेको छ।

 

 

हाल मौसमको अवस्था देशको पहाडी भूभागहरूमा आंशिक देखि सामान्य वदली बदली रहेको छ साथै देशका पहाडी तथा तराइ भूभागका थोरै स्थानहरूमा तुंवालो समेत लागेको छ ।

 

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि समान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

 

प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भूभागका एक वा दुइ स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका पहाडी तथा तराइका थोरै भूभागहरुमा तुंवालो समेत रहने सम्भावना रहेको छ ।

 

त्यस्तै आज राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भूभागका एक वा दुइ स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका पहाडी तथा तराइका केही भूभागहरुमा तुंवालो समेत रहने सम्भावना रहेको छ ।

 

देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही पहाडी भूभागका एक दुई स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको तथा देशका पहाडी तथा तराइ भूभागका केही स्थानहरूमा तुंवालो समेत लाग्ने सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।