एमालेका नेता तथा गृहमन्त्री थापामाथि माओवादी केन्द्रले गर्‍यो कारबाही

काठमाडौं,चैत २७। नेकपा माओवादी केन्द्रले नेकपा एमालेमा गएका गृहमन्त्री रामबहादुर थापालाई कारबाही गरेको छ।

माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालाई पत्र पठाउँदै थापालाई दलबाट हटाएको र माओवादी केन्द्रको सांसद नरहेको जानकारी गराएको हो।

 

माओवादीको राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माले गृहमन्त्री थापालाई सांसदबाट हटाएको र त्यसको जानकारी संसद सचिवालयलाई गराएको जानकारी दिनुभयो ।

 

अब बस्ने राष्ट्रियसभा बैठकमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको राष्ट्रियसभा सदस्य पद रिक्त हुनेछ ।यसअघि एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रतिनिधिसभा सदस्य पद हिजो खारेज भएको थियो ।

 

माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ ।