नेपालमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि,थप १२७ जना डिस्चार्ज

काठमाडौं,चैत २७।  नेपालमा थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१ जनाको पिसिआर परीक्षणमा गर्दा २८८ जनामा कोरोना पोजिटिभ आएको हो। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ।

 

पछिल्लो २४ घण्टामा १२७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ७ सय ३५ जना पुगेको मन्त्रालयले जनाएको छ।

 

मन्त्रालयका अनुसार हाल ८४ जना क्वारेन्टाइनमा छन्। हालसम्म नेपालमा ३ हजार ३८ कोरोना संक्रमितको मृत्यु भएको छ।